भृकुटीमण्डपमा जुत्ता–चप्पल, व्यापार मेला तथा प्रदर्शनी

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठद्धारा उद्घाटन
काठमाडौंको प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा बुधबारबाट जुत्ता–चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत् मेला हो । प्रदर्शनीको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका हुन् ।
कार्यक्रममा बोल्दै श्रेष्ठले कोभिडका कारण आयात निर्यात बन्द भएको अवस्थामा पनि स्वदेशी उत्पादनले माग धानेको र आगामी दिनमा स्वदेशमा मात्रै नभएर आकर्षक तथा नयाँ डिजाइनका जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको उत्पादन गरी विदेशमा अझै निर्यात गर्न सके अर्थतन्त्रमा सहयोग पुग्ने बताए । उनले बिगतको मेलाभन्दा अहिलेको मेलामा देशकै उत्कृष्ट ब्राण्डहरूको सहभागिता रहेकामा खुसी व्यक्त गर्दै ग्राहकहरूलाई स्वदेशी उत्पादनहरूको प्रयोग गरी देशलाई आत्मनिर्भर हुन सहयोग पुर्याउन आग्रह गरे ।
मेलामा स्वदेशी सम्पूर्ण ब्राण्डहरू फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक÷आगास, कोसेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका सहभागी छन । एक्स्पोमो उपभोक्ताहरूले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका वस्तुहरू अवलोकन गरि मूल्यांकन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मूल्यमा खरिद गर्ने अवसर पाउनेछन । मेला आगामी फागुन १० गतेसम्म रहनेछ ।