Logo

एक्स ओ क्लब सञ्चालन

काठमाडौं– राजधानी काठमाडौंमा एक्स ओ क्लब उद्घाटन गरिएको छ । एक्स ओ क्लब उद्घाटनसँगै नाइट लाइफ अब आकार र अनुभवको नयाँ युगमा प्रवेश गरेको दाबी कम्पनीको छ । करिब ३० करोड रुपैयाँ लागतमा निर्माण गरिएको एक्स ओ क्लब मनोरञ्जन क्षेत्रमा नयाँ स्तर स्थापित गर्ने अपेक्षा कम्पनीको छ ।

सुरुआतदेखि नै एक्स ओ क्लबले फरक हुने संकेत दिएको थियो । आधिकारिक उद्घाटन हुनुअघि नै आफ्टरआवर्ससँग मिलेर गरिएको अन्डर–कन्स्ट्रक्सन पार्टीले काठमाडौंलाई पहिलो पटक मिश्वस्तरीय क्लबको झलक दिएको थियो । क्लबमा नेपालमै पहिलो पटक विश्व प्रसिद्ध एड्म्सन स्पिकर जडान गरिएको छ, जुन विश्वका ठूला क्लब र फेस्टिभलले प्रयोग गर्दै आएका छन् ।

क्यानडाबाट स्वयंकालोस सालाबेरी आएर यसलाई ट्युन गरेका थिए । अत्याधुनिक लाइटिङ, साउन्डप्रुफिङ र अत्याधुनिक प्रविधिसँगै संगीतप्रेमीलाई पूर्णतया डुब्ने अनुभव दिलाउने गरी तयार गरिएको छ । यसको प्रविधि र अनुभव मात्र होइन, पछाडि काम गर्ने टोली पनि उत्तिकै सक्षम छ ।

टिम एक्स एलका संस्थापक शशिन्द्र चित्रकारको नेृत्वमा बनेको परियोजनामा विनय अमात्य (प्रोजेक्ट स्टुडियो प्रोडक्सन)का संस्थापक सक्रिय रूपमा संलग्न छन् । एक सय बढी जनशक्तिको टिमले अन्तर्राष्ट्रिय स्तरकै सेवा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्