Logo

पाँच हजारले अवलोकन गरे ईक्यान एजुकेसन फेयर

पोखरा– नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्की शाखाद्वारा आयोजित आठौं इक्यान एजुकेसन फेयर पाँच हजारले अवलोकन गरेका छन् ।

पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा दुई दिनसम्म चलेको मेला करिब पाँच हजार विद्यार्थी एवं अभिभावकल अवलोकन गरेको आयोजकले बताएका हुन् । शनिबार शैक्षिक मेला समापन अवरमा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले पर्यटनको राजधानीको रूपमा चिनिने पोखरामा शिक्षाको पनि विशाल सम्भावना रहेको बताए ।

मेलामा अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडालगायत विश्वविद्यालय र कलेजका प्रतिनिधिसहित ६५ बढी स्टल राखिएका थिए । विद्यार्थीलाई करियर काउन्सिलिङ, भर्ना प्रक्रिया, भिसासम्बन्धी जानकारी र प्रत्यक्ष परामर्श सुविधा उपलब्ध गराइएको ईक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्