Logo

लुम्बिनीमा सिटिजन्स बैंकको सेमिनार

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘लिडरसिप फर ट्रास्फर्मेसन इन लुम्बिनी: सेमिनार अन् ड्राइभिङ पर्फर्मेन्स एन्ड रिजनल एक्सिलेन्स’ कार्यक्रम आयोजना गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारी सहभागी सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा एवं चालू आर्थिक वर्षको प्राथमिकता, केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको बैंकले जनाएको छ ।

बैंकले अन्य प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिसकेको छ भने त्यसैको निरन्तरतास्वरुप लुम्बिनीमा पनि आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्