Logo

नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी, प्रहरीले गोली चलाएपछि तनावग्रस्त

काठमाडौं– काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर सोमाबर दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्रमा जेनजीले प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्रै छिरेका छन् । प्रदर्शनकारीहरू संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ । जेनजीले सोमबार काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेका थिए । प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । त्यसअघि प्रहरीले प्रदर्शनकारीलाई लक्ष्य गरी पानीका फोहरा प्रहार गरेको थियो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्