पृथ्वी होटल संघ अध्यक्षमा श्रेष्ठ

पोखरा– पृथ्वी होटल व्यवसायी समितिको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले मोतीप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा ऋषिराम पौडेल, उपाध्यक्षमा विदुर ढुंगना, महासचिवा शोभाकान्त चापागाई, सचिवमा कञ्चन बराल, कोषाध्यक्षमा अनुप पाण्डे, सहकोषाध्यक्षमा मित्रलाल ढकाल चयन भएका हुन् । त्यसैगरी सदस्यमा १० जना चयन भएका छन् ।