फेरि आन्दोलनमा उत्रिए मिटर ब्याजपीडित

काठमाडौं- मिटर ब्याजपीडित फेरि आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाईमा उनीहरु आन्दोलित भएका हुन् ।
आइतबार उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । मिटिर ब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने समेत उनीहरुको माग छ ।