Logo

असोज ९ गतेदेखि भृकुटीमण्डपमा फेस्टिभल मार्केट आयोजना हुने

 दसैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिभल सपिङ मार्केट सञ्चालन हुने भएको छ ।
चाडपर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामग्री एकै छानामुनि सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेन्ट सोलुसन प्रलिले फेस्टिभल मार्केट सञ्चालन गर्ने भएको हो ।
‘अफरै अफरको व्यापारिक भेला, सपिङ गर्ने यही हो बेला’ भन्ने नाराका साथ सञ्चालन हुने फेस्टिभल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, खाद्यान्न, छालाका उत्पादनहरू, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलोक्ट्रोनिक्सलगायत सामग्रीका सयभन्दा बढी स्टल रहने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए ।
फेस्टिभल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समूहअन्तर्गतका ४ वटा नेपाली ब्रान्डको विशेष सहभागिता रहनेछ । बीएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्यान्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पल १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको बीएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।
रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार जुत्ता मेला फूलपातीसम्म निरन्तर चल्नेछ । अलग्गै डुममा सञ्चालन हुने जुक्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरू सुपथ मूल्यमा उपलब्ध गराइने बताइएको छ ।
राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरूलाई लक्षित गर्दै एकै ठाउँमा सहज रूपमा आवश्यक सामग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिभल सपिङ मार्केट सञ्चालन गरिएको इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।
एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्सले गर्नेछ । त्यस्तै ललितपुर चेम्बर अफ कमर्स र भक्तपुर चेम्बर अफ कमर्सले पनि एक्स्पोको प्रवद्र्धन गर्नेछन् । असोज ९ गतेदेखि सञ्चालन हुने फेस्टिभल सपिङ मार्केट असोज १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्