प्रगतिको सूचकको रूपमा हेर्नुपर्छ «

प्रगतिको सूचकको रूपमा हेर्नुपर्छ

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) विगत १४ वर्षबाट नाडा अटो शो आयोजना गरी अटोमोबाइललाई एकै थलोमा सम्पूर्ण जानकारी दिँदै आएको छ । यो एकदमै सकरात्मक पाटो हो । तर प्रदर्शनी कक्षको अभावले गर्दा राम्रोसँग प्रदर्शनी हुन सकेको छैन् यसमा सरकारको ध्यान जानु जरुरी रहेको छ । भृकुटीमण्डपको प्रदर्शनीबाट अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान तान्न मुस्किल रहेको अवस्था छ । अटोमोबाइल हेर्न दृष्टिकोण फरक हुनुपर्छ भन्ने मेरो भनाइ रहेको छ । केही व्यक्तिले काठमाडौंको सवारीको चापलाई हेरेर अटोमोबाइल बढी भयो भन्दै आएका छन् । यस्लाई रोक्नु पर्छ भनिएको छ ।
अटोमोबाइल प्रगतिको सूचक हो । आज ट्राफिक जाम हुँदा सास्ति त हुन्छ, जहाँ जाम, अटोमोबाइलको चाप हुन्छ त्यहाँ आर्थिक गतिविधि बढेको हुन्छ । जुन ठाँउमा आर्थिक गतिविधि नै हुँदैन त्यहाँ ट्राफिक जाम पनि हुँदैन । यसरी जाम हुनु भनेको मान्छेको चलयमान भएको हो केही न केही आर्थिक गतिविधि गरिरहेका छन् । यसलाई नकरात्मक तवरबाट नहेरै । अटोमोबाइलको कुरा गर्दा ३० देखि ४० प्रतिशत राजस्वमा योग्दान गरेको बताउँदै आएका छन् । पेट्रोलियम र स्पेयरपार्टसँग जोडेर हेर्दा ४० प्रतिशतसम्म राजस्वमा योगदान रहेको छ । अटोमोबाइल नहँुदा सरकार पनि चलयमान हुन गाह्रो हुने अवस्था छ । देश संघीयतामा गइसकेको छ ।
यसले गर्दा अटोमोबाइल क्षेत्रको विकास हुनैपर्छ । नेपालको सबैभन्दा बढी रोजगारी सिर्जना गरेको क्षेत्र भनेको अटोमोबाइल नै हो । लाखौलाई रोजगार दिएको छ । अटोमोबाइलले दुर्गम भनेका क्षेत्रलाई सुगम बनाएको छ । त्यहाँ बसेका बासिन्दालाई सहज बनाउँदै अटोमोबाइले सहजीकरण गरेको छ । ढुवानी गर्न, यात्रा, सहजीकरण गर्नका लागि अटोमोबाइल आवश्यक छ । अटोमोबाइलले जबसम्म प्रि गर्न सक्दैन तबसम्म अर्थतन्त्रको पनि विकास हुन सक्दैन ।
एउटा मध्यमवर्गीय मान्छेका लागि अटोमोबाइल एक सपना हुन्छ यदि त्यो सपना तोडिदिने हो भने, उसको मोटिभेसन घटेर जान्छ । यो जरुरी छ मध्यमवर्ग र निम्मवर्गको सपना सार्थक बनाउनका लागि । सबै युवाको सपना एक अटोमोबाइलमा रहेको हुन्छ । यस्तो सपना साकार गर्ने बाटोमा सरकारको पनि साथ सहयोग हुनुपर्छ भन्ने मेरो भनाइ छ । यसका लागि सबैले अटोमोबाइल अफोर्ट गर्न सक्ने हुनुपर्छ यसले गर्दा अझ आर्थिक विकासमा सहयोग पुग्छ । उनीहरूले गर्ने कामको विकास हुन्छ । अटोमोबाइललाई हेर्ने दृष्टिकोण फरक हुनुपर्छ विलासिताको भन्दा प्रगतिको सूचकको रूपमा हेरिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्