Logo

एमएडब्लुको आरवान १५भी ४ नेपाली बजारमा

यामाहाले प्रिमियम मोटरसाइकल आरवान १५ भी४ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एमएडब्लु इन्टरप्राइजेजले ब्लू स्कायर शोरूम, नक्सालमा बाइक सार्वजानिक गरेको हो । आरवान १५ भि ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीले जनाएको छ । निलो, कालो र रातो मूल्य नेपाली बजारमा क्रमश ५ लाख ६२ हजार र ५ लाख ७२ हजार रहेको छ ।
एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले दुईपांग्रे सवारीमा मन्दी आएको भन्दै मोटरसाइकल सार्वजनिक गरेको बताए । उनले अहिले ६० प्रतिशतले मोटरसाइलकको विक्री घटेको दाबी गरे ।
आर १५को चौथो जेनेरेशनको बाइकमा ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको छ । १५५ सिसी एफआई इन्जिनमा भीभीए रहेको बाइकमा नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशल कारिताका साथ बजारमा सार्वजनिक गरिएको छ ।
आरवान १५ भि ४ को विशेषताहरूबारे जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी रहेको उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहे अनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुबिधा रहेको छ ।
कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्‍याउन एरोडाइनामिक डिजाइन र ब्रेकिङ डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको अल–न्यू आरवान १५ भि ४,१५५ सिसि एलसिभी एसओएचसी फ्युल–इन्जेक्टेड एफआई इन्जिन रहेको छ ।
मोटरसाइलकको मुख्य विशेषताको रुपमा गियर सिफ्ट इन्डिकेटर, फ्यूल कन्जम्सन इन्डिकेटर, सिफ्ट–टाइमिङ लाइट, भीभीए इन्डिकेटर, ट्याक्सन कन्ट्रोल इन्डिकेटर, मोबाइलफोनको ब्याट्री लेभल, मेन्टेनेन्स लोकेशन, मालफङ्सन नोटिफिकेसन लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्