Logo

हिरो एक्स प्लसका ग्राहक लोमाङथान घुम्न पाउने

जनरल मार्केटिङ प्रालिले हिरो एक्स प्लस खरिद गरेका ग्राहकलाई लोमाङथान भ्रमण गराउन यात्रा सुरु गरेका छ ।
१६ कात्तिकदेखि सुरु भएको सो यात्रामा ३० जनाभन्दा बढी एक्स प्लस २०० चढ्ने ग्राहकलाई सहभागी भएको कम्पनीले जनाएको छ । यात्रा काठमाडौं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङथानसम्म करिब ९०० किमिको हुने कम्पनीले जनाएको छ ।
मार्केटिङका अध्यक्ष अभिक ज्योतिले फ्लाग अफ गरेर यात्राको शुभारम्भ गरेका थिए । उनले यात्रा सफलताका लागि शुभकामना समेत दिए ।

प्रतिक्रिया दिनुहोस्