सिप्रदीको टाटा प्रोटेक्टका सुविधा थप

टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित ल्याएको छ ।
मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो । सो अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए । उनले ग्राहकहरुको आकांक्षा बमोजिम टाटा
प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल विजनेस अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवद्र्धनमा सहयोग मिलेको बताए । टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाले गाडीको अपटाइम उच्च राख्ने, ग्राहकको नाफामा समेत वृद्धि हुने र ग्राहकहरुले तनाबमुक्त सेवा तथा सुविधा लिन सकिने बताए ।
टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।
मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् जसमा ग्राहकको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिने जनाएको छ । टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मि सम्मको वारेन्टी सुविधा रहेको छ । कम्पनीका अनुसार एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तिको ब्यवस्था कम्पनीले गर्नेछ ।
टाटा जिप्पि अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तिको व्यवस्था रहेका छ । ग्राहकको सेवाका लागि कस्टमर हेल्पलाइनको व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ । यसले ग्राहकको गुनासो ४८ घण्टा भित्र समाधान गर्ने बताइएको छ । टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित विमा दावि सुविधाहरु पनि रहेको छ ।
टाटा अलर्ट अन्तर्गत कम्पनीले तोकेका हाइवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ । वी केयेर सेवा अन्तर्गत वर्कशपमा गाडी बनाउँदा ग्राहकले अपेक्ष गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ ।