विद्युतीय सवारीमय अटो एक्सपो २०२३ «

विद्युतीय सवारीमय अटो एक्सपो २०२३

भारतको ग्रेटर नोयडामा सुरु भएको अटो एक्स्पो २०२३ मा इलेक्ट्रिक सवारी साधनको पकड देखिएको छ । भारतको यातायात तथा हाइवे केन्द्रीय मन्त्री नीतिन गडकरीले बिहीबार औपचारिक उद्घाटन गरेका १६औं संस्करणको अटो एक्सपो विद्युतीय सवारीको पकड देखिएको छ । सर्वसाधारणका लागि एक्सपो शुक्रबारदेखि खुला भएको छ । बिजनेस डेका दिन एक्सपोको औपचारिक उद्घाटन भएको थियो ।

एक्सपोमा टाटा मोटर्स, हुन्डाई, मारूती सुजुकी, किया, एमजी, टोयोटा, लेक्ससलगायत कम्पनीका दर्जनौं मोटलका विद्युतीय कार तथा कन्सेप्ट सार्वजनिक भएको छ । भारतको सर्वाधिक कार बिक्री गर्ने कम्पनी मारूती सुजिकीले समेत विद्युतीय कन्सेप्ट एसयूभी ईभीएक्स सार्वजनिक गरेको छ । एक्सपोमा सो कन्सेप्ट कारले राम्रै चर्चा बटुलेको छ । उच्च रेन्ज दाबी गरिएको सो कार बजारमा आउन भने समय लाग्ने छ ।

यो संस्करणको अटो एक्सपोमा टाटाको अभेन्या, कर्भ, ह्यारियर ईभी, सफारी ईभी, पन्च ईभी, टियागो ईभी, हुन्डाईको आयोनिक सिक्स र आयोनिक फाइभ, कियाको ईभी सिक्स र के नाइन कन्सेप्ट ईभीलगायतको चार्चा चुलिँदै भएको छ । त्यस्तै एमजीको ईआरएक्स फाइभ, ईएमजी सिक्स, जेडएस ईभी मिफा नाइन, लेक्ससका दुई कन्सेप्ट ईभी, टोयोटाको बीजेडएस ईभी, कियाको ईभी सिक्स र के नाइन कन्सेप्टलगायत विद्युतीय कार प्रदर्शनीका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्