Logo

सातै प्रदेशमा सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

सनराइज बैंकले सातै प्रदेशका विभिन्न स्थानमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ । बैंकले आफ्ना देशभरका शाखा र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको हो ।

ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’लाई अगाडि राखी बैंकिङ सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवालाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ सेवा सुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरुलाई दिँदा हुन सक्ने झमेला र ठगीलगायतका विषयको सचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्‍याउने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्