Logo

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जारी

काठमाडौंको भृकुटीमण्डपमा जारी वृहत जुत्ता चप्पल मेलामा जुत्ताचप्पल खरिद गर्नेहरुको भिड बढ्दै गएको छ ।
मेलामा हजारभन्दा मोडलका जुत्ता चप्पल ३० देखि ७० प्रतिशतसम्म छुटमा किन्न पाइने भएकाले सर्वसाधारणको भिड बढेको हो । मेलाका संयोजक रामहरि तोलाङ्गका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत भएकाले जुत्ताचप्पल सस्तोमा उपलब्ध गराउन सकिएको हो । “व्यापार धेरै भएपछि छुट पनि धेरै दिन सकिने भएकाले हामीले ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौं” उनले भने ।

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जारी


मेलामा झण्डै एक दर्जन जुत्ता चप्पल उद्योगहरूको उत्पादन राखिएको शिखर सुका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले जानकारी दिए । आफूहरूले विगतमा आयोजना गरेका यस्तै मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यस पटक पनि मेला आयोजना गरिएको उनको भनाइ छ ।
नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता चप्पल थप सस्तोमा पाइन सकिने भएकाले नेपाली जुत्ता चप्पल प्रयोग गर्न मेलामा सहभागीहरुको सुझाव छ ।
मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका सबै प्रकारका ग्राहकहरूको भिड लागेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्