भृकुटीमण्डपमा बिल्डकन एक्स्पो हुँदै «

भृकुटीमण्डपमा बिल्डकन एक्स्पो हुँदै

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५, २६ र २७ गते एक्स्पो आयोजना गर्न लागेको आयोजक मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले जनाएको छ । एक्स्पोमा विभिन्न ३ सयभन्दा बढी ख्याति प्राप्त ब्रान्डहरूका १ सय ५० भन्दा बढी स्टल रहने आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
निर्माण कम्पनी, डिलर, सबडिलर, विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूबारे जानकारी गराउनेछन् । एक्स्पोमा निर्माण क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिको देख्न पाइने भन्दै आयोजकले एक्स्पोमा निर्माण सामग्री, निर्माण उपकरण, ठूला निर्माणका उपकरण(मेसिन), युपिभिसी प्रोफाइल, युपिभीसी उइन्डो मेसिनरी, झ्या र ढोका, बाथरुम फिटिङस, पाइप, टायल र खानेपानी सामग्री, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी, प्रि इन्जिनियरिङ विल्डिङ आदि राखिने बताइएको छ ।
यस प्रदर्शनीले नेपालमा भइरहेका समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ ।
प्रदर्शनीमा घर बनाउने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक, इन्जिनियर, कन्ट्रयाक्टर,विल्डर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहनेछ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको निर्माण क्षेत्रमा नयाँ निर्माण सामान भिœयाउने तथा विदेशमा सफलतापूर्वक प्रयोगमा भएका नयाँ प्रविधिलाई सहजै उपलब्ध गराउने हो । प्रदर्शनीले नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यहरूमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
एक्स्पोमा प्रवेश गर्नका लागि कुनै शुल्क लाग्दैन । अघिल्ला एक्स्पोहरूमा करिब ३० हजारले अवलोकन गर्ने गरेक थिए । यो पटक ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्