Logo

शिखर सुज क्रेजी सेल्स सुरु

शिखर सुजले भृकुटीमण्डपमा भएको क्रेजी मेलाको अपार सफलतापछि अब छुटेका ग्राहकहरूलाई ध्यानमा राखी यसपटक आफ्नो निम्न लिखित शोरुमहरूमा ‘शिखर क्रेजि सेल्स’ योजना लेराएको छ । लिवाश इन्टरप्राइजेज–गोगंबु, बौद्ध सु–सेन्टर– बौद्ध, द बानेश्वर सु–सेन्टर–बानेश्वर, मनकामना सु एन्ड फेन्सी–न्युरोड, कीर्तिपुर सु–सेन्टर– कीर्तिपुर, बनेपा सु–सेन्टर– बनेपा, स्पन्दन इन्टरप्राइजेज– सामाखुसी, शिखर सु–सेन्टर–खिचापोखरी, न्यू भोटाहिटि सु–सेन्टर– भोटाहिटी, कोसेली हाउस–भोटाहिटि, पाटन सु–सेन्टर–पाटन, शिखर शोरुम– जोरपाटी, बानेश्वर सु एन्ड ब्याग हाउस– न्यु–बानेश्वर, शिखर सु–हाउस(पुरानो)–विराटनगर, शिखर सु–हाउस(नयाँ)–विराटनगर, शिखर सु–सेन्टर–दमौली, नेपालगञ्ज सु–सेन्टर( नेपालगन्ज) शिखर क्रेजी सेल्से, मंसिर २८ गतेबाट सीमित अवधिसम्म चल्नेछ ।
उक्त मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरू खरिद गर्दा नयाँ डिजाइनमा १० प्रतिशत र अन्य डिजाइनका जुत्ता तथा चप्पलहरूमा ५० प्रतिशतसम्मकोे भारीछुट पाइने कुरा कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसार्इंले बताए । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको जुत्ता एवं जाडोयामका लागि न्यानो कपडाको जुत्तालगायत करिब सात सय डिजाइनका जुत्ता तथा चप्पलहरू उत्पादन गर्दै आएको छ । यस उद्योगमा ७ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टीसमेत दिँदै आएको छ । कम्पनीले जुत्ता तथा चप्पलहरू उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा प्रविधि विभिन्न मुलुकहरू जस्तै भारत, थाइल्यान्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्