Logo

विश्वको खुसी देश फिनल्याण्ड, दक्षिण एसियामा नेपाल

काठमाडौं – विश्वमा सबैभन्दा खुसी देशको सूचीमा फिनल्याण्ड परेको छ । जीवनको मुल्यांकन, सकारात्मक एंव नकारात्मक सोंच र जीवनको मुल्यांकन तथा भावनाको तुलनात्मक अध्ययन गरेर खुसी हुने देशहरुको मापन गरिदै आएको छ ।
वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार दक्षिण एसियाली मुलुकहरुमा भने नेपाल सबैभन्दा खुसी देशको सूचीमा पहिलो नम्बरमा परेको छ ।

दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा खुसी देशमा नेपाल परेका हो । डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२ औ स्थानमा रहेको छ भने भारत ११८ औं स्थानमा छ । यसैगरी पाकिस्तान १०९ औ स्थानमा रहेको छ भने श्रीलंका १३३ औ स्थान, चीन ६८ औ स्थान, अमेरिका २४ औ स्थान र बंगलादेश १३४ औ स्थानमा परेका छन् ।

यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रोमा आइसल्याण्ड, चौथौमा स्वीडेन र पाँचौ स्थानमा नेदरल्याण्ड परेका छन् । यस्तै छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १० औ खुसी मुलुकमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्