काठमाडौंमा मनाइयो होली, तराईमा भोली

काठमाडौं– यस वर्षको होली पर्व काठमाडौं उपत्यकासहित मुलुकका पहाडी र हिमाली जिल्लामा मनाइएको छ । तराईका जिल्लामा भने भोली शुक्रबार होली मनाउने प्रचलन छ ।
बिहीबार काठमाडौंका विभिन्न क्षेत्रमा सर्वसाधारण जम्मा भएर होली मनाएका छन् । बसन्तपुर क्षेत्रमा होली खेल्न युवाहरू जम्मा भएका थिए ।
काठमाडौंको बसन्तपुर, टुँडिखेल, दरबारमार्ग र विभिन्न पार्कहरुमा होली विशेष सांस्कृतिक कार्यक्रम गरिएका छन्।
विगतमा होलीका नाममा अराजक गतिविधि गर्ने, पानी भरिएको लोलाले हान्ने, डरलाग्दो रङ दल्ने गरिन्थ्यो । केही वर्षयता भने होली केही सभ्य बन्दै गएको छ।
विगतमा जस्तो सडकमा कामविशेषले हिँड्ने सर्वसाधारणलाई इच्छा विपरीत रङ र लोला हान्ने काम पनि बन्द भएका छन् । खासगरी युवती र महिलालाई उनीहरुको इच्छा विपरित पानीले हान्ने र रङ दल्ने गरिन्थ्यो । अहिले यस्तो नचाहिने काम रोकिएको छ । युवाहरुले मदिरा सेवन गरी जथाभावी गर्नेक्रममा पनि कमी आएको छ ।
होलीलाई हेरेर काठमाडौं उपत्यका दर्जनौ स्थानमा ट्राफिक चेकप्वाइन्ट खडा गरेर चेकजाँच गरिएको छ।
ट्राफिक नियमविपरीत सवारी चलाएको भेटिए त्यस्ता सवारी साधन समातिएको छ।–तस्वीर सेतोपाटी