Logo

‘कोक खाम रसिया जाम’ अभियानका दोस्रो टोली रसियातिर

‘कोक खाम रसिया जाम’ अभियानका विजेताहरूको दोस्रो समूह, फिफा विश्वकपका लागि रसिया प्रस्थान गरेका छन् । बालाजुस्थित बोटलर्स नेपालमा दोस्रो समूहका विजेताहरुको बिदाइ समारोह आइतबार आयोजना गरिएको थियो ।
उक्त अभियानअन्तर्गत ४० भाग्यशाली विजेताहरुलाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो । ४० विजेताहरुलाई २ टोलीमा विभाजन गरिएको थियो जसमध्ये २० जना विजेता गत असार १ गते रसिया पुगेर अर्जेन्टिना र आइसल्यान्डबीचको म्याच हेरेर फर्किसकेका छन् । २० जनाको दोस्रो समूह आइतबार रसिया उडेको छ । विजेताहरुले असार १२ गते हुने अर्जेन्टिना र नाइजेरियाबीचको म्याच हेर्न पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्