त्रिशूलीमा यामाहाको नयाँ शोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बिहीबारबाट नुवाकोटको त्रिशूलीस्थित बट्टारमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लूले त्रिशूली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रीएस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरिएको हो ।
नयाँ शोरुमको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका सभापति शान्तमान तामाङले गरेका हुन् । त्रिशुली अटोबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रीएस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।
पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा निकै हर्षित भएको त्रिशूल अटोका प्रबन्ध निर्देशक विवेक थापाले बताए । । यामाहा ब्रान्डका दुईपांग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु पर्ने अवस्थाको अन्त्य भएको थापाले उल्लेख गरे ।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।