पाटाको गभर्मेन्ट डेस्टिनेसन बोर्ड अध्यक्षमा जोशी «

पाटाको गभर्मेन्ट डेस्टिनेसन बोर्ड अध्यक्षमा जोशी

प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को साधारणसभाबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी गभर्मेन्ट डेस्टिनेसन बोर्ड अध्यक्षमा सर्वसंमत चयन भएका छन् । दक्षिण कोरियाको वाङहोङमा भएको साधारणसभाले जोशीलाई सर्वसम्वत चयन गरेको हो । जोशीले पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि यो सुनौलो अवसर रहेको बताउँदै पर्यटकीय क्षेत्रको सबैले मिलेर प्रचार नगरेसम्म दिगो पर्यटन सम्भव नभएकोमा जोड दिए । कार्यक्रमा टेम्पल टाइगर समूहका प्रबन्ध निर्देशक वसन्तराज मिश्रलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्