सुबिसुको मुख्य कार्यालयमा आगलागी «

सुबिसुको मुख्य कार्यालयमा आगलागी

इन्टरनेट तथा केवुल सेवा प्रदायक कम्पनी सुबिसुको मुख्य कार्यालय बालुवाटारमा आगलागी भएको छ । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो ।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुणयन्त्रका दमकलहरू प्रयोग गरिएको थियो । बुधबार अपराह्न भएको आगलागीमा मुख्य सर्भर तथा स्याटेलाइट उपकरणहरू जलेर खरानी भएका छन् । इन्टरनेटको मुख्य सर्भरको मूल्य अर्बभन्दा माथि पर्ने कम्पनीले जनाएको छ । स्माटेलाइट डिभाइससमेत जलेको सम्बद्ध कम्पनीले जनाएको छ ।
बालुवाटारस्थित सुबिसु नेटवर्कको कार्यालयमा आगलागी भए पनि नेटवर्कले सेवालाई सुचारु राख्ने भएको कम्पनीले जनाएको छ । सुबिसुले थापाथलीमा रहेको आफ्नो कार्यालयबाट नेटवर्कबाट बञ्चित ३० प्रतिशत ग्राहकलाई सेवा दिने भएको हो । भइपरि आउन सक्ने भन्दै नेटवर्कले पूर्वतयारी गरेको थियो । सुबिसुले बालुवाटारबाट ३० प्रतिशत र थापाथलीबाट ७० प्रतिशत ग्राहकलाई सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्