समृद्धि फाइनान्सको वित्तीय चेतनामुलक कार्यक्रम

समृद्धि फाइनान्सको हेटौंडा शाखाले युवा लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि सप्ताहको सन्दर्भमा सो कार्यक्रमको आयोजना गरिएको फाइनान्सले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटिजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाका साथै बचत खातामा १० प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको जनाएको छ ।