Logo

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि.को बैंकस्मार्ट मोबाइल बैंकिङमा परिवर्तन गरेको छ ।

अब फाइनान्सका ग्राहकहरुले मोबाइल बैंकिङबाट एन.सि.एच.एल.को नेपाल पे क्युआर मर्चेन्टका साथै फोन पेको क्युआर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन् भने फाइनान्सले ग्राहकहरुलाई फोन पेको क्युआर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिंग लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु पनि प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्