Logo

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता भएको छ । सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा १५ हजार रुपैयाँसम्म छुट दिने भएको छ ।

सो सम्झौतापत्रमा फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकास भण्डारीले हस्ताक्षर गरेका छन् ।

फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ, र क्यूआर कोर्डमार्फत लेक्ट्रो ब्रान्डका इ–साइकल खरीद गर्दा सबै मोडेलमा नगद छुट हुने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्