समृद्धि फाइनान्सद्वारा न्यानो लुगा वितरण

समृद्धि फाइनान्सले बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आज न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रम अन्तरगत २६ जना विद्यार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयका प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले समय-समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । यस फाइनान्सले ३ महिनाको मुद्दती निक्षेपमा सर्वाधिक १३ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।
समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने मुद्दती निक्षेप योजना र यसका साथ साथै फाइनान्सले ८ वर्ष ९ महिनामा पैसा तेब्बर, १२ वर्ष १० महिनामा पैसा पाँच गुणा र १६ वर्ष ६ महिनामा पैसा आठ गुणा हुने मुद्दती निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल आठओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।