भिभोको दैनिक उपहार योजना

स्मार्टफोन ब्रान्ड भिभोले तिहारलाई लक्षित गर्दै ८ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्मका लागि ‘दसैंं तिहार भिभोको साथमा, दैनिक उपहार हातमा’ योजना ल्याएको छ ।
भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन् । यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध रहेको उल्लेख गरिएको छ ।
दसैंको लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्ने छ । हालसम्म १५ हजारभन्दा बढी ग्राहक यस योजनामा सहभागी भइसकेको कम्पनीको दावी छ ।