बरियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’

रियलमीले विजयादशमी, दिपावली तथा छठको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ अफर ल्याएको छ ।
यो अफरमा उपभोक्ताहरूले स्मार्टफोन, टीभी, वासिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरू जित्न सक्नेछन् । यस अफरले ग्राहकहरूको चाडपर्वको माहोल अझै रमाइलो हुने विश्वाश लिएको रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले बताए ।
यस अफरमा १० असोजदेखि १४ कात्तिकसम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरू छानिने कम्पनीले जनाएको छ । यस अफरमा सहभागी हुनको लागि रियलमीको आधिकारिक वेब साइटमा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आइएमईआई नम्बर र मोडल नम्बर जस्ता विवरणहरू राखेर दर्ता गर्नुपर्ने हुन्छ ।
यसरी छानिएका विजेताहरूमध्य हरेक हप्ता २ जनाले रियलमी सी ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिङ मसिन र ६५ इन्चको ४ के टीभी जित्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर समयावधिभर खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जिटी सिरीजलगायत सबै रियलमी स्मार्टफोनामा लागु हुनेछ ।