Logo

चाडपर्वको बहार, यतीमा उड्दा उपहारै–उपहार

यती एअरलाइन्सले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।
‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ योजना अन्तर्गत यात्रुले बम्परमा भाग्यशाली यात्रुहरुलाई ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो ।
यात्रुले बम्पर उपहारको साथसाथै हात खाली नजाने उपहार स्वरुप दराज, भोज डिल्स र नमस्ते पे को डिस्काउन्ट भौचरका साथै हरेक हप्ता एकरएक जनालाई नि:शुल्क फ्रि माउन्टेन फ्लाइट र रिटर्न टिकट प्राप्त गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।
घटस्थापनाको दिनदेखि लागू हुने यस दसैं, तिहार र छठ योजना अन्तर्गत प्रथम पुरस्कारको प्रयोजन यमाहा, दोस्रो पुरस्कार बालाजी डायमण्ड र तेस्रो पुरस्कार यसुदाको आधिकारिक बिक्रेता बिग डिजिटलले प्रायोजन गरेको हो ।
त्यस्तै, हात खाली नजाने उपहारहरुको प्रायोजन भने दराज, भोज डिल्स, नमस्ते पे र यती एअरलाइन्सले गरेको छ । १० असोजदेखि १५ कात्तिकसम्म चल्ने यो योजना अन्तर्गत अग्रीम टिकट बुकिङ गरी सोही समयाधिमा उडान भर्ने सम्पूर्ण यात्रुहरुलाई यो योजना लागू हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
तीन वटा बम्पर उपहारहरु जित्नको लागि तोकिएको समावधिभित्र यती एअरलाइन्ससँग यात्रा गर्नुपर्ने छ । हात खाली नजाने उपहारको लागि यती यात्रुले विमानस्थलमा ‘चेक–ईन’ गर्दा बोर्डिङ पाससँगै प्रदान गरिने कुपनमा रहेको ‘क्यूआर कोड’ स्क्यान गर्नुपर्ने छ ।
त्यस्तै, हरेक हप्ता ‘फ्रि रिटर्न टिकट’ जित्नको लागि सोही कुपनको फोटो खिची यती एअरलाइन्सलाई सोसल मिडियामा ट्याग गर्नुपर्ने छ भने ‘फ्रि माउन्टेन फ्लाईट’ टिकटको लागि एयरलाइन्सले हप्तै पिच्छे ‘लक्की ड्र’गर्ने बताइएको छ । यात्रुले एकपटक यात्रा गर्दा नै २ र ३ वटा पुरस्कार जित्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्