टिभिएस दसैं एक्सचेञ्ज मेला भृकुटीमण्डपमा

नेपालका लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट टिभिएस ग्राण्ड दसैं एक्सचेञ्ज मेला सुरु गरेको छ ।
मेला आजबाट असोज ६ गतेसम्म ६ दिनका लागि भृकुटीमण्डपमा आयोजना हुने छ । मेलामा उपहारको वर्षासँगै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटरको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर जान सक्ने कम्पनीले जानकारी दिएको छ ।
मेलामा ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्यांकन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाखसम्मको आकर्षक उपहार प्राउन सक्नेछन् ।
यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको र प्रि–बुकिङ गरे मात्र पनि ग्राहकले २ हजार रुपैयाँ बराबरको आकर्षक उपहार पाउने कम्पनीले बताएको छ ।
योजनाको मुख्य आकर्षण एक्सचेन्जमा इएमआइ अफर रहेको छ । जहाँ ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरसँग त्यसको मुल्यांकन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर ५ हजार ९ सय ९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर लैजान सक्ने छन् ।
यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएमआइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ। त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का–पक्की उपहार प्राप्त गर्ने छन् ।