यी हुन् तेस्रो विश्व युद्धका हतियार ! रूसले उतार्यो आणविक रेल र रोबोट ट्यांक «

यी हुन् तेस्रो विश्व युद्धका हतियार ! रूसले उतार्यो आणविक रेल र रोबोट ट्यांक

मस्को: के विश्व तेस्रो विश्व युद्धतर्फ लम्किरहेको हो ? हाललै रूसको सेनाको तयारलाई आँखा लगाउने हो भने केही यस्तै तस्विर देख्न पाइन्छ । रूसले पोल्यान्डको सीमानामा ‘रोबोट ट्यांक’ तैनाथ गरेको छ।

रुसले अर्कातिर ‘आणविक रे’ बाट मिसाइल हानेर नेटोलाई आफ्नो शक्तिबारे पनि महसुस गराउन सफल भएको छ। रूसको तर्फबाट प्रशांत महासागरस्थित विवादित कुरिल द्वीपमा एन्टी-शिप मिसाइल तैनाथ गरिएपछि जापानले पनि हतियार तैनाथ गरेको छ । रूसले हाइपरसोनिक आणविक मिसाइलको पनि परीक्षण गरेको । जुन मिसाइल १३ मिनेटभित्रै बेलायत पुग्न सक्छ ।

आणविक रेल
इराक र सिरियामा आईएसआईएसविरुद्ध निर्णायक लडाइँमा जुटिरहेको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो देशबीच त्रास पैदा गर्नका लागि तीब्र गतिको ‘आणविक रेल’ को सफल परीक्षण गरेको छ।

रूसले अर्को रेल बनाएको छ, जसबाट मिसाइल हमला पनि गर्न सकिन्छ । रेलमा मिसाइल, लन्चर र कमाण्ड यूनिट हुनेछ । जब यस बारगुजेन मिसाइल सिस्टमलाई प्रयोग गर्न खोजिन्छ तब रेलका केही खास डिब्बाको छत खुल्छ । र, मिसाइल आकाशतर्फ ठडिन्छ । जसले गुडिरहेकै रेलबाट मिसाइल हान्न सम्भव हुनेछ ।

रूस यस रेलमार्फत आफ्ना दुश्मनमाथि कुनै पनि समयमा हमला गर्न सक्छ । यस रेलको क्षमता ६ ब्यालेस्टिक मिसाइल र लन्चर लैजाने रहेको छ। २ हप्ता पहिले प्लेस्टेस्क कास्मोड्रोममा भएक यस रेलको परीक्षण सफल भएको थियो । परीक्षणपछि परमाणु रेल सन् २०१८ बाट तैनाथ हुनेछ । तनावलाई देख्दै यस सिस्टमलाई २०-२५ वर्षसम्म प्रयोगमा ल्याइनेछ ।

रूससँग अहिले यस्ता १२ वटा रेल रहेका छन् । हरेक रेलमा छ-छ आरएस-२४ यार्स परमाणु मिसाइल तैनाथ रहेका छन् । यी रेल हेर्दा सामान्य यात्री रेल या मालगाडी जस्तै लाग्छन् । हरेक मिसाइलमा २५० किलोटनका चार-चार वारहेड रहेका छन्, जुन ६,८०० माइलको दूरीसम्म क्षति पुर्याउन सक्षम छन् ।

यो तीब्रगतिको रेल आदेश मिल्नेबित्तिकै केही सेकेन्ड रोकिएर मिसाइल हान्न सुरु गर्छ । यस रेलको लोकेशन पत्ता लगाउन पनि दुश्मनका लागि सम्भवको विषय होइन । यस्तो रेल जेम्स बोन्ड सिरिजका केही फिल्ममा देखिएका थिए ।

रोबोट ट्यांक
रूसी सेनाले पूर्णरुपमा ल्यापटपबाट सञ्चालित एक रोबोट ट्यांकलाई पोल्यान्डसँग जोडिएको सीमानामा तैनाथ गरेको छ । जो यहाँ तैनात रूसी मिसाइल प्रक्षेपणको सुरक्षा गर्नेछ । साथै सेनाले यसको मद्धतमा सीमापारिबाट हुने अवैध घुसपैठलाई पनि यसले रोक्नेछ ।

रोबोट ट्यांकमा लगाइएको राडार र सेन्सरको मद्धतबाट सेना सीमा क्षेत्रमा छ माइल पर भइरहेको हरेक गतिविधिमा नजर राख्न सक्षम भएको छ । यसमा चार रकेट लन्चर लगाइएको छ । जसलाई सेना आफ्नो केन्द्रबाटै सञ्चालित गर्न सक्छ । सेनाको केबल एक इशारामा यसले तुरुन्त दुश्मनलाई निशाना बनाउँछ ।

सेनाको यो पहल रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले सेना रोबोट र ड्रोन प्रविधिबाट लैस भएको देख्न चाहेको सपनालाई व्यवहारमा उतार्ने प्रयास हो । रोबोट ट्यांकलाई ल्यापटाप र गेम कन्ट्रोलर दुबैबाट सञ्चालित गर्न सकिन्छ । दुश्मनमाथि हमलाका लागि यसमा चार आरपीजी-२६ रकेट लन्चर जोडिएको छ । सेना ९ किमी टाढाबाट पनि यसमाथि निगरानी गर्न सक्नेछ ।

धेरै सानो आकारका यी ट्यांकला ट्रक या हवाई यातायातबाट जहाँ पनि लान सकिन्छ । यो ट्यांक सीमा सुरक्षा र घुसपैठ तथा अवैध गतिविधि रोक्नमा सक्षम छ ।

यो समथर र हिमाली क्षेत्रमा एक समान काम गर्न सक्षम छ । यो क्यामरा र सेन्सरकको मद्धतबाट दिन र रातमा एक समान काम गर्न पनि सक्षम छ । यो ट्यांक एक मिनेटमा ८०० राउन्ड फायरिङ्ग गर्न सक्ने क्षमता राख्छ । यसमा ७.६२ एमएमको कलासिकोभ मेशिनगन तैनाथ छ ।

इराकी सेनासँग पनि रोबोट ट्यांक

रोबोट ट्यांक केवल रूससँग मात्रै छैन । इराकी सेनाले यनि यस्तो ट्यांकको प्रयोग गरिरहेको छ। मोसुलमा आईएसआईएससँग भिडिरहेको इराकी सेनाले पनि हालका दिनमा यस्ता ट्यांक उतारेको छ । इराकी सेनाले यी ट्यांकलाई रिमोटबाट नियन्त्रण गर्छ ।

हरियो रंगको यस सैन्य वाहनलाई इराकी सेनाले ‘अल रोबोट’ का रुपमा लन्च गरेको हो । यस ट्यांकमा १२.७ मिमीको तोप लाग्छ । जुन अमेरिकी सेनाको .५० क्यालिबर बीएमजी बराबर हो । यो ट्यांकले रूसमा निर्मित ७० मिमीको कात्युसा रकेट पनि हान्न सक्छ । हालै मात्र यो ट्यांक मोसुलमा इराकी सेनाले आईएसविरुदेधको लडाइँमा उतारेको हो ।

प्रतिक्रिया दिनुहोस्