सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– सुनचाँदीको मूल्य घटेको छ । सुन सोमबार चार सय घटेर तोलाको दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३५ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ ।