कर्णालीमा भुकम्प आउने हल्लाले त्रास,रातभर जाग्राम «

कर्णालीमा भुकम्प आउने हल्लाले त्रास,रातभर जाग्राम

भुकम्प आउने त्रासले राती आगो बालेर घरबाहिर बसेका स्थानीय

भुकम्प आउदेै छ,भन्ने गलत भ्रम फैलिएपछि माथिल्लो कर्णालीका नागरिक आईतबार रातभर जागग्राम बसेका छन् । भुकम्प आउदै छ,भनी गलत अपवाह फैलाईएपछि कर्णालीका जुम्ला,मुगु,कालिकोट,हुम्ला डोल्पा र जाजरकोट नागरिक माघको कठ्याग्रिदो चिसोमा घर छोडेर चौर,सडक खेतबारीमा रातभर जाग्राम बसेका हुन् ।

ज्यान जोगाउने मायाले असम्भव अफवाहको पछि लागेर रातभर जाग्राम बस्दा महिला, बालबालिका,जेष्ठनागरिकहरु चिसोबाट प्रभावित भएका छन् । मस्त निद्रामै सुतिहहेको थिए । रातको करिब १ बजे तिर हो फोनको घन्टि २÷३ पटक बज्यो । तेस्रो पटक उठाए । तातोपानीका स्थानीय लोक बहादुर दमाईले भने,“आफन्तको फोन आयो काम होला भनेर उठाउने बित्तिकै भुकम्प आउदै छ । तत्काल घरबाहिर निस्कनुहोेस,४ बजे आउँछ भनेपछि एक्कासी उठेर बाहिर आए । बाहिर आउदा निकै होहल्ला थियो थियो । सबै छरछिमेक जागि सकेका थिए । पछि सबै आगो बालेर विहान ६ बजेसम्म चिसोमै बस्यौ ।

वास्तममै हल्ला रैछ ।”त्यस्तै चन्दननाथ नगरपालिका ३ निवासी अनिता नेपाली राती २ बजेतिर एक्कासी भुकम्प आउदै छ भन्ने फोन आएपछि त्रासकै बिच घरबाहिर हतासले निस्किएको बताउँछन् । उनले भनिन,,“म बाहिर आउनु अघिनै सबै छरछिमेक गाउँले खेतबारीमा आगो बालि बसिसकेका थिए । भुकम्प जानकारी दिएर आउदैन भन्ने थाहा थियो । तर मनको डर र त्रासले सबै रातभर बाहिर बस्यौ चिसो मात्रै खायौ ।” जुम्ला घर भएकि बिनिता डाँगी सुर्खेत बस्छन,सुर्खेतमा भुकम्प आउने कुनै हल्ला थिएन् । तर जुम्लाबाट आफन्तले भुकम्प आउदैछ सुरक्षित रहनु भनेपछि घरबाहिर नस्किएको बताईन् ।

उता मुगु,डोल्पा र हुम्ला जिल्लामा पनि भुकम्प आउने डरले सबै क्षेत्रका स्थानीय रातभर बाहिर जाग्राम बसेको स्थानीय मुगुका स्थानीय राज कुमार बामले जानकारी दिए । यसरी एक कान,दोकान मैदान भएर भुकम्प आउदै छ भन्ने गलत अफवाहले कर्णालीभरीका हजारौ नागरिक आईतबार रातभर चिसोमा बसेर कष्ट पाएका छन् । यदपी,सुरुमा कसले भ्रम फैलाएको हो भन्ने अझै पत्तो लागेको छैन् । भुकम्प जानकारी दिएर आउदैन् भन्ने थाहा नपाएका अधिंकाश नागरिकले गतल अफवाहलाई कारबाहिको माग गरेका छन् । गलत हल्ला फैलाएर दुख दिने व्यक्ति समुहलाई तत्काल नियन्त्रणमा लिएर काम गर्न समेत स्थानीयको माग छ ।

भ्रम फैलाउने व्यक्ति समूह खोज्दै प्रशासन

प्रमुख जिल्ला अधिकारी मुकेश केसरी भुकम्प आउने भ्रम फेैलिएपछि आफुपनि रातभर नसुतेको बताउँछन् । कताबाट हल्ला फैलियो पत्तोनै भएन् । रातभर ठाउँठाउँबाट फोन मात्रै आउँछ, । उनले भने,“रातभर फोन आउने जत्तिलाई यो भ्रम हो नआत्तिन सुझाव दिए । तर पनि जुम्लाका सबै नागरिक घर छोडेर बाहिर बसेको पाईयो ।

यसरी दुख दिने नियतले गलत हल्ला फैलाउनेको खोजी कार्य जारि छ । पत्ता लाग्नेबित्तिकै नियमानुसार कारबाहि गरिने छ ।” अफवाह फैलाएर नागरिकलाई त्रसित गराउने व्यक्ति समुहलाई विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४ को (२) बमोजिम एक लाख रुपैयासम्म जरिवाना र ६ महिनासम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।

हाल सम्म विश्वमा भुकम्प आउदै गरेको पुर्वजानकारी दिने यन्त्र र प्रविधिको विकास भएको छैन् । तर कर्णालीका नागरिकले कसैले भनेकै भरमा त्रसित हुनु चेतना अभावको उपज संगै ज्यानको माया पनि हो । भुकम्प कहिले पनि बाजा बजाएर नआउने विषयमा आम नागरिक सचेत हुनु पर्नेमा प्रजिअ केसरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्