सेतो रतुवा मृग सदर चिडियाखानामा «

सेतो रतुवा मृग सदर चिडियाखानामा


जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएको छ ।
्घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सबडिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो । सदर चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताए । अभिभावक गुमाएको अवस्थामा भेटिएको सेतो रतुवा मृगलाई चिडियाखानामा राखेर हेरविचार तथा संरक्षण गरिने उनले बताए । यो प्रजातिको मृग लाखौंमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उनले जानकारी दिए । भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जंगलमा बस्न गाह्रो हुने भएकाले यसको संरक्षणका लागि चिडियाखानामा राख्नुपरेको डा. थापाले उल्लेख गरे ।
भेटनिरियन डा. थापाले आफूहरूले काठमाडौं उपत्यका र काठमाडौं बाहिरका पनि अप्ठ्यारोमा परेको अवस्थामा भेटिएका जनावरहरूलाई उद्धार गरी संरक्षण गर्ने गरेको बताए । उद्धार गरिएका जनावरहरू प्राकृतिक वातावरणमा रम्नसक्ने अवस्था भएमा प्राकृतिक वातावरणमै छाडिदिने र प्राकृतिक वातावरणमा उनीहरूको जीवन संकटमा परेको अवस्थामा भने चिडियाखानामै राखेर संरक्षण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्