कनेक्ट आईपीएसको इलेक्ट्रिफाईङ अफरमा स्कुटर जित्न सकिने

काठमाडौं, ५ असार (कास): बिहीबारदेखि लागू भएको गरेर कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ ।
यसअफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् ।
यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् । त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैंकका ग्राहकले कनेक्ट आईपीएस वा यसको मोबाइल एप मार्फत रजिष्टर गर्न सक्छन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुने बताइएको छ ।
सोझै बैंक खाताबाट फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको एक भन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्ल्याट्फर्म हो । यसले दैनिक औसत साढे १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फस्र्याैट गर्ने गरेको छ ।