दराज च्याम्पियनसिप केस स्टडी अवार्ड नेपाल कमर्स क्याम्पसलाई «

दराज च्याम्पियनसिप केस स्टडी अवार्ड नेपाल कमर्स क्याम्पसलाई

काठमाडौं- दराज च्याम्पियनसिप केस स्टडीको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडी २०१८ को फाइनलमा सात प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो । केस स्टडी विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र सुनिता तन्डुकारको समूहले १ लाख रुपैयाँ पुरस्कार हात पारेको छ ।
त्यसैगरी एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट समूहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समूहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरसिप प्रोग्रामअन्तर्गत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ । १८ महिनामा विद्यार्थीहरूलाई दराजले उनीहरूको चाहना अनुसार ३ फरक विभागमा ६ महिना तालिम दिनेछ ।
१८ महिनाको सफल तालिमपश्चात् उनीहरूलाई दराजको व्यवस्थापन विभागमा काम गर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ । पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमितता दिँदै एस इस्न्टिच्युट अफ म्यानेजमेन्टसँगको सहकार्यमा दराज केमु प्रालिले केस स्टडिको दोस्रो संस्करण आयोजना गरेको हो । प्रतिस्पर्धामा कुल २२ कलेज सहभागी भएका थिए । जसमध्ये फाइनलमा पुगेका ८ वटा कलेजले संयुक्त रूपमा १ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए । ८ वटा कलेज ब्रिटिस कलेज, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, मेधावी कलेज, नेपालकमर्स क्याम्पस, क्वेस्ट इन्टरनेसनलकलेज, कुसुम, इस्लिङटन कलेज र काठमाडौं मोडेल कलेज फाइनल चरणमा पुगेका थिए । सबै कलेजका विद्यार्थीहरूलाई दराजपाकिस्तानसँग सम्बन्धित केस स्टडीमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्