दैलेखमा पनि औद्योगिक हब «

दैलेखमा पनि औद्योगिक हब

 दैलेखमा औद्योगिक लगानी वर्ष–२०७५ को कार्य प्रारम्भ गरिने भएको छ । बेरोजगार युवाहरुलाई लक्षित गर्दै उद्योग वाणिज्य संघ दैलेखले औद्योगिक हब बनाउने तयारी गरेको हो । संघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले औद्योगिक जिल्ला बनाउका लागि आवश्यक पर्ने पूर्वाधार, कच्चा पदार्थ, सडक संजाल, विद्युत् उत्पादन भएकाले औद्योगिक हब बनाउने तयारी गरिएको बताए । यसै माध्यमबाट आत्मनिर्भर, समुन्नत र स्वरोजगारयुक्त जिल्ला बनाउने उद्देश्यका साथ औद्योगिक लगानी वर्ष २०७५ आयोजना गर्न थालिएको कार्यबहाक अध्यक्ष खत्रीले वताए ।
संघले दिएको जानकारी अनुसार औद्योगिक लगानी वर्ष २०७५ को आयोजना गनुको अर्थ यस जिल्लाको संभाव्यता अध्ययन, सबै स्थानीयत तह,प्रदेश सरकार, केन्द्रीय सरकारसित सहकार्य, दातृ निकाय, सहकारी, गैरसरकारी क्षेत्रसित समन्वय गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लागनीकर्ताहरुलाई जिल्लामा आमन्त्रण गरी वृहत्त छलफल गरी ठोस लगानी मैत्री वातावरण निर्माण गर्ने छ ।
दैलेख सदमुकाममा नारायण नगरपालिकासंग सहकार्य गरी हाटबजार सञ्चालन गर्ने, शव वहान र एम्बुलेन्स तत्काल खरिद गर्ने, उद्यमी तथा व्यापारीहरुका आधारभूत समस्याहरुको सामाधानका लागि जिल्लाका ११ वटै स्थानीय तहहरुसित सहकार्य गर्दै अघि बढ्ने दैलेख उद्योग वाणिज्य संघका महा–सचिव राजेशकुमार हमालले बताए । जसका लागि ११ वटै स्थानीय तहमा प्रस्ताव पेश गर्ने, ९ वटै बजार शाखाहरुमा क्षमाता अभिवृद्धि तालिमहरु सञ्चालन गर्ने कार्यक्रम रहेको महासचिव हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्