Logo

सिन्डिकेट हटाउने सरकारी निर्णय स्वागत योग्य : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले गरेको कदमको स्वागत गरेको छ । चेम्बरले सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो ।
सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग चेम्बरले गरेको छ । आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशकभन्दा बढी सयम व्यतित भइसकेको खुला बजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सादर्भिक छैन, चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । सरकारको यो प्रयासमा सहयोग गर्न पनि चेम्बरले सवैसँंग विशेष आग्रहसमेत गरेको छ ।
सरकारको निर्णयको बिरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिनसमेत चेम्बरले सरोकारवाला यातायात व्यवसायीहरूसँंग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्