कूटनीतिक पहलबाट नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्छ «

कूटनीतिक पहलबाट नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्छ

गत सातामात्र भारतले लिपुलेक हुँदै मानसरोवर जाने २२ किलोमिटर सडक निर्माण ग-यो, यसको चौतर्फी विरोध नेपालमा भयो । यो अत्यन्तै दुःखको कुरा हो । हाम्रा अग्रज वीर गोर्खालीहरूले जुन अस्तित्व राखेर गए, त्यसको हामीले सुरक्षा जगेर्ना गर्नैपर्छ । नत्र उनीहरूको हामीलाई सराप लाग्नेछ । सुगौली सन्धिदेखि नै कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो देश नेपालभित्रै पर्छ र नेपालकै हो । यसमा कसैको हस्तक्षेप मान्य हुँदैन । तर, भारत सरकारले गरेको ज्यादती तत्काल फिर्ता लिनुपर्छ । नत्र नेपाली जनता बाध्य भएर सीमा सुरक्षा गर्न तत्पर हुनेछन् । यो कूटनीतिक पहलबाट भन्दा पनि अन्तर्राष्ट्रिय अदालत गएरै मुद्दा दायर गर्नुपर्छ । यसको अब कुनै विकल्प छैन । यो त अब अतीत नै भइसक्यो । हाम्रा राजनीतिक दलका नेता नै यस्तै हुन् कि आँखैअगाडि भारतले कालापानी, लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो २२ किमि सडक बनाउँदा पनि राजनीतिक दल तथा सरोकारवाला निकायहरूलाई थाहै नहुने यो कस्तो विडम्बना ?
आफ्नो धर्ती नेपाल आमा आँखैअगाडि छिमेकी मुलुकले मिचिरहेको कसरी टुलुटुलु हेर्न सकिन्छ ? नक्सा नै परिवर्तन गरी भारतले नेपाली भुमिमा सडक बनाउने भारतले यो तत्काल सच्याई पुरानै अवस्थमा ल्याई नेपाल–भारतबीचको दूरी सुमधुर बनाउनु जरुरी हुन्छ । सुमधुर सम्बन्ध स्थापित गर्नका लागि केही दिनअघि मात्र भारतीय राजनीतिक नक्सा त्रुटिपूर्ण भएको छ । यसलाई तत्काल सच्याउनुपर्छ । लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो देशको हो । सुगौली सन्धिमा पनि थियो र अहिले पनि छ ।
तर विडम्बना यो छ कि जति पनि नेपाल–भारत सीमा जोडिएका कालापानी, लिपुलेक तराईका धेरै जिल्लामा पूवको सुस्तादेखि ६२ हजार हेक्टर नेपाली भूमि भारतीय पक्षले रातारात जङ्गे पिलर हटाई आफ्नोमा पिलर गाड्छ, सीमा मिचेर अधिकरण गर्छ, यसको विरोध गर्नैपर्छ । हाम्रो देशभित्र रहेका नागरिकको आफ्नो लालपुर्जा छ, तर बिहान उठ्दा भारतीयले सीमा गाड्छ, यो कस्तो बिडम्बना हो ? नेपाल भारत सीमामा रहेका नेपालीहरू भन्छन्— “भारतीय पक्षसँग बारम्बार प्रतिकार गर्दा भारतीय सेना हतियारसहित नेपाल प्रवेश गरेर हिर्काउँछन् गोली तेस्र्याउँछन् । यो कस्तो विडम्बना ? अब राजनीतिकबाट कूटनीतिक तवरबाट यो समस्याको समाधान नभए अन्तर्राष्ट्रिय अदालतमा समेत गएर मुद्दा हाल्नुपर्छ । भारतीय सेनाले अमानवीय व्यवहार गर्छन् । आफ्नो बारीमा लगाएको उब्जनी लिन जाँदा पिलर कटेर जान दिँदैनन्, किन यस्तो अत्याचार गरेको ? किन हामीलाई आत्मनिर्भरका साथ बाँच्न दिँदैनन् ? सधैं हामीले भारतीय सुरक्षाकर्मीको दमन खेप्नुपर्ने ?”
यसमा हाम्रो देश नेपाल आमाको सुरक्षा गर्न नेपाल सरकारका तर्फबाट बाक्लो रूपमा सीमा नाकामा २४ घण्टा नै सीमा सुरक्षा दिनु जरुरी हुन्छ । हाम्रो गुमेको भूमि फिर्ता गर्नु पनि जरुरी हुन्छ । यो राष्ट्रिय मुद्दा भएकाले यसमा सबैले साथ दिनुपर्छ । गुमेको भूमि फिर्ता गराउनैपर्छ । यो ऐतिहासिक लडाइँ पनि हो ।
देशले अहिले निकै कोल्टे फेरेको अवस्था छ । यहाँ राजनीतिक भागबन्डाले गर्दा आज देश अत्यन्तै आर्थिक मन्दीको चपेटामा परेको अवस्था छ । राजनीतिक द्वन्द्व, सरकार आलोपालो लगायतले गर्दा आज हाम्रो देशको भूमि दिनानुदिन भारतीय पक्षले मिचिरहेको अवस्था छ । सीमा क्षेत्रमा नेपाली दाजुभाइले आफ्नो भूमि प्राप्त गर्नका लागि आँसु बगाइरहेका छन् । यसमा कुनै राजनीतिक दललाई वास्ता छैन, स्वयं नेपाल सरकारले पनि त्यति चासो दिएको पाइँदैन ।
हिजोको दिनमा लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतीय राजनीतिले आफ्नो नक्सामा पा¥यो । धेरै नेपालीको एउटै स्वरमा गर्दा परराष्ट्र मन्त्रालय तथा सरकारले यसको खण्डन गरे । लिपुलेक, कालापानी लिम्पिया धुरा हाम्रो हो, यो तत्काल सच्याउन माग गरे । तर, यस्ता धेरै छन् नेपाली भूमि दिनानुदिन मिचिएको, रातारात जङ्गे पिलर सारिएको, यसमा बोल्ने कसले ? यसको सुरक्षा गर्ने कोही छ ? गुमेका ती नेपाली भूमि फिर्ता गर्ने पहल कस्ले गर्छ ? हाम्रा पुर्खाहरूले छातीमा गोली ठोकी सहदात प्राप्त गरी सिर्जित भएको हाम्रो देश अनि पश्चिम किल्ला काँगडादेखि पूर्वमा टिष्टासम्म फैलिएको हाम्रो देश, के त्यो फिर्ता हुन सक्छ ? आज लिपुलेक, कालापानी, लिम्पिया धुरा पनि त्यस्तै हुँदैछ । यसमा कसैको अँखा नलागोस् । लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो । यसमा हाम्रो देशको बाहेक कसैको स्वामित्व हुँदैन ।

प्रतिक्रिया दिनुहोस्