अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम साना उद्योग : अर्थमन्त्री डा. खतिवडा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको सोमबार राजधानीमा आयोजित २४ औं वार्षिक साधारणसभा तथा २१ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको समुद्घाटन समारोहमा बोल्दै उहाँले स्वदेशी उद्योगहरूको विकास बिना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री यादवले मुलुकमा उद्योगधन्दाको विकास गर्दै आर्थिक समृद्घि हासिल गर्ने चुनावी घोषणापत्रमार्फत प्रतिबद्घता व्यक्त गरेर नयाँ सरकार आएको भन्दै उनले भने, “हामी मुलुकमा औद्योगीकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिबद्घताका साथ चुनाव लडेर निर्वाचित भएर आएका हौं उद्योगी÷व्यवसायीहरू ढुक्क हुनुहोस् हामीले प्रतिबद्घता पूरा गर्छौं ।”
मन्त्री यादवले मुलुकमा नेपालको अहिलेको समस्या भनेकै आफ्नो उत्पादन सस्तोमा बिक्री गर्ने र अरूको उत्पादन महँगोमा किन्नुपर्ने बाध्यता रहेको बताए । नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, “कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन् । तर, सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं ।”
यो सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि महत्वपूर्ण काम गर्ने गरी सरकार गठन भएको उनले प्रष्ट पारे ।
मुलुकमा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासका लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्धको रहनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले भने, “मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरूको हितका लागि मालवस्तु सहज, सरल र नियमित आपूर्ति हुनुपर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका क्रियाकलापहरूलाई एकीकृत योजना बनाइ कार्यान्वयन तीव्रताका साथ गर्ने छौं ।”
अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताए ।
उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उहाँले सरकारले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कूटनीतिक पहल गर्नका लागि अन्तर्राष्ट्रिय नियोगसँग सहकार्य गर्नेसमेत बताए ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै उहाँले यस्ता उद्योगहरूको प्रवद्र्घन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने भनाइ राखे ।
उनले समृद्धिको मूल आधार निजी क्षेत्र भएको भन्दै साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए । समग्रमा लघु, घरेलु तथा साना उद्योग व्यवसायमा रहेका समस्याहरू पेस गर्न आग्रह गर्दै घरेलु तथा साना उद्योगीहरूका सल्लाह र सुझावबाट आगामी दिनमा कार्ययोजना तय गरिने प्रतिबद्घता जनाउँदै उनले भने, “हामी कहाँ छौं भन्ने नै अहिले थाहा छैन हामी कहाँ छौं भन्ने नै थाहा नभएपछि कसरी अगाडि बढ्ने भन्ने थाहा हुँदैन । यहाँहरूले उठाएका जेन्युन कुराहरू छन् तिनलाई राज्यले सम्बोधन गर्नुपर्छ । सहकार्यबाट कसरी अगाडि बढ्ने, सरकारकोतर्फबाट के–के गर्ने सुझाव र सल्लाहबाट अगाडि बढ्ने हो ।”