रिचार्जर र नेपाल भ्रमण वर्ष–२०२० सचिवालयबीच सम्झौता

नेपाल भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका बीचमा सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष–२०२० को ई–कमर्स पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा रिचार्जरका तर्फबाट ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष–२०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले सम्झौता गरेका छन् । सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यावसायिक अभियानका दौरान भ्रमण वर्ष–२०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नेछ ।
भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेन्टहरूको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ । सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को सुरुवात गर्दैछ । सोमबार साँझ पर्यटनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमकाबीच उक्त अभियानको सुरुवात गर्दैछन् ।