Logo

क्यान महासंघको चुनावाका लागि सुनैना प्यानलको उम्मेदवारी

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनका लागि सुनैना घिमिरे पाण्डेको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । सनिबार राधानीमा एक कार्यक्रमको आयोजना गरी अध्यक्षमा पाण्डेसहितको उम्मेदवारहरूको घोषणा गरिएको हो ।
घोषणासभामा बोल्दै अध्यक्षका प्रत्याशी पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त र सबल र अनुसन्धानमूलक संस्थाको रूपमा अगाडि बढाउने बताएकी छिन् । “क्यान महासंघलाई गैरराजनीतिक संस्थाको रूपमा सुरक्षित राख्दै सूचना तथा सञ्चार प्रविधिमा नेपालको एकमात्र सर्वोच्च संस्थाको रूपमा स्थापित गराउनेछु, स्टार्टअप कम्पनीहरूलाई प्रोत्साहन गर्ने र आईसीटी बोर्ड गठन गर्न पहल गर्नेछु,” उनले भनिन्, “मेरो टिमको तर्फबाट आईसीटी इन्डस्ट्रि डाटालाई व्यवस्थित गरी यस क्षेत्रमा सन् २०२४ सम्ममा ५ लाख रोजगारी बढाउन यथोचित भूमिका निर्वाह गर्नेछु ।” उनले सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियान साकार पार्न सहयोग गर्ने र क्यान महासंघलाई स्मार्ट क्यान बनाउने योजना सहित आफ्नो प्यानलको उम्मेदवारीको घोषणा गरेकी छिन् ।
पाण्डेले सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको एकमात्र छाता संगठन क्यान महासंघलाई सही नीति र नेतृत्वले मात्र अगाडि बढाउन सक्ने भन्दै आफूलाई अत्यधिक मतले निर्वाचित गराउन आग्रह गरेकी छिन् । घोषणा सभामा पाण्डे समूहको तर्फबाट उम्मेदवारहरूको समेत घोषणा र परिचय गराइएको थियो । घोषणा सभामा क्यान महासंघका पूर्व अध्यक्षहरूसहित अन्य सदस्यहरूको उपस्थिति थियो । यसअघि नवराज कुँवर प्यानलले पनि उम्मेदवारीको घोषणा गरिसकेको छ । महासंघको चुनावी प्रक्रियाअनुसार आइतबार उम्मेदवारी दिने चुनावी तालिका छ ।
‘टिम सुनैना’ नाममा घोषणा गरिएको प्यानललमा संस्थागत आजीवन सदस्यतर्फ टिम एसिया नेपाल प्रालिका विक्रम सिंह, सिल्भरक्रेष्ट नेटवक्र्स प्रालिका समीर प्रधान र एप्टेक कम्प्युटर एजुकेसन प्रालिका अहमद खान रहेका छन् । त्यसैगरी संस्थागत सदस्यतर्फ स्वस्तिक डिस्ट्रिब्युसन प्रालिका विश्वराम बलामी, हाई–टेक इन्जिनियरिङ प्रालिका अरुण वंशल, इन्फो डेभलपर्स प्रालिका उमेश रघुवंशी, साथी ट्रेडिङ इन्टरनेसनल प्रालिका रणजित कुमार पोद्दार, यु–सफ्ट कम्प्युटर प्रालिका बुद्धरत्न मानन्धर, ओसियन कम्प्युटर प्रालिका सरिता सिंह कायस्थ र नेसनल कम्प्यूटर वल्र्ड प्रालिका नुच्छे महर्जन छन् । व्यक्तिगत आजीवन सदस्यतर्फ हेमपाल श्रेष्ठ, सुमन लाल प्रधान र अमित अग्रवाल छन् ।
सुनैना प्यानलमा व्यक्तिगत सदस्यतर्फ रेगबहादुर भण्डारी, चन्द्र विलास भुर्तेल, गुण केशरी प्रधान, बसन्त लिङथेप, डा.श्रीधर मरासिनी, रुपेश भक्त श्रेष्ठ र सुष्मा शर्मा छन भने लेखा समिति सदस्यतर्फ व्यक्तिगत समूहबाट राजु कट्टेल, संस्थागत समूहबाट केशव भट्टराई र जिल्ला शाखा समूहबाट नारायण क्षेत्री छन् । प्रादेशिक सदस्य समूह सदस्यतर्फबाट प्रदेश १ बाट सुनसरीका ठाकुरकुमार श्रेष्ठ, झापाबाट भुपेन्द्र मैनाली छन् भने प्रदेश २ बाट रौतहटका जितेन्द्र रौनियार र सर्लाहीका सरोज बाबु न्यौपाने छन् । त्यसैगरी प्रदेश ३ बाट मकवानपुरका श्यामलाल श्रेष्ठ र काभ्रेका जयराम हुमागाईं, गण्डकीबाट कास्कीका जगनबहादुर गुरुङ र बाग्लुङका कृष्ण पौडेल(कुमार) छन् । कर्णालीबाट सुुर्खेतका पूर्णदेव अधिकारी र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मनोहरकुमार श्रेष्ठ र अछामका खेमराज ढुंगाना छन् ।

 

प्रतिक्रिया दिनुहोस्