उद्योग वाणिज्य संघद्वारा सिटीहल निर्माणाधीन «

उद्योग वाणिज्य संघद्वारा सिटीहल निर्माणाधीन

उद्योग वाणिज्य संघद्वारा सिटीहल निर्माणाधीन उद्योग वाणिज्य संघद्वारा सिटीहल निर्माणाधीन अमृत अधिकारीपाल्पा, ६ फागुनउद्योग वाणिज्य संघ पाल्पाले गोर्खेकोटमा अत्याधुनिक सुविधासम्पन्न सिटी (बहुद्देश्यीय) भवनको निर्माण थालनी गरेको छ । ठूला कार्यक्रम सञ्चालन गर्नका समस्या भएपछि संघको पहलमा हल निर्माण थालिएको अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । उनले पर्यटकीय नगरी पाल्पा जिल्लाको हावापानी र मौसम उपयुक्त भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार गोष्ठी सञ्चालनका लागि उपयुक्त सिटी हल नभएकाले निर्माण थालिएको बताए ।

 राष्ट्रिय स्तरका सभा, सम्मेलन तथा सधारण सभा, गोष्ठी, सेमिनार सञ्चालन गर्नका लागि उपयुक्त सिटी हल व्यवस्थापनमा जिल्लाका सरकारी निकायले भने बेवास्ता गरेको गरेपछि संघ अघि सरेको हो ।  संघले विभिन्न समयमा मेला महोत्सवको आयोजना गरेर बचाएको रकम तथा संघका सदस्यहरूबाट उठाएको रकमबाट आव ०७०/७१ बाट करोड ६ करोड ५० लाख लागत इस्टिमेट गरेर ३ तले सुविधासम्पन्न बहुउद्देश्यीय भवन निर्माणमा जुटेको श्रेष्ठले बताए ।  जिल्लामा सुविधासम्पन्न सिटी हल नहुँदा यहाँ हुने ठूला कार्यक्रम कतै चौर, टुँडिखेल, श्रीनगर, बतासेडाँडालगायतका खुलाचौरलाई टेन्ट टाँगेर गर्नुपर्ने बाध्यता छ । जिल्लामा ४ सयभन्दा बढी क्षमताको हल नभएको कारण खुलाचौरमा यस्ता कार्यक्रम गर्नुपर्दा पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्न असहज हुने गरेको छ, संघका अध्यक्ष श्रेष्ठले भने, त्यसको विकल्पको रूपमा हामीले निजी स्तरमै भए पनि बहुउद्देश्यीय भवन निर्माणमा जुटेका हौं । पाल्पा उद्योग वाणिज्य संघले  अहिलेसम्म भवन निर्माणमा डेढ करोड बढी खर्च गरिसकेको छ, संघका कोषाध्यक्ष दीपक पाण्डेले भने, संघको बहुउद्देश्यीय भवन निर्माणमा रकम अभाव हुँदा लागतसमेत बढ्ने देखिएको छ, त्यसैले अन्य संघ–संस्था र दाताहरूको खोजीमा संघ रहेको छ । संघको भवनमा दुई तल्ला डलानको काम भइसकेको छ, अब एक तल्ला ढलान र फिनिसिङको काम बाँकी छ, संघका महासचिव यादवसिंह कार्कीले भने, हामीले जिल्लामा सुविधासम्पन्न हल व्यवस्थापनका लागि प्रत्येक वर्ष महोत्सवको समेत आयोजना गरी रकम व्यवस्थापनमा लागेका छौं ।

संघको भवनबाट उत्तरमा रहेका अन्नपूर्ण हिमश्रृंखला, दक्षिणमा माडीफाँट, पूर्वमाबगनास चापपानीको गाउँ र पश्चिममा सदरमुकाम तानसेन देखिने गरी पर्यटकलाई समेत आकर्षित हुने गरी हल निर्माणमा जुटेको हो, जसले जिल्लाका आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने लक्ष्य लिइएको संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले जनाए । 

नेपाल सरकारले जिल्लामा सुविधासम्पन्न सिटी हल नभएपछि अहिले सहरी विकास मन्त्रालय भवन डिभिजन कार्यालय पाल्पामार्फत २० करोड रुपैयाँको बजेट सिलिङमा सिटी हलको निर्माणका लागि तयारी गरेको छ । तानसेन ५ बतासेडाँडामा निर्माण हुने सिटीहलमा एक हजार मानिस अट्ने गरी डिजाइन इस्टिमेट विभागले नै तयार गरेको डिभिजन भवन कार्यालय पाल्पाका डिभिजन प्रमुख रमेश थपलियाले बताए । उनकाअनुसार सिटी हलमा क्यान्टिन सहितपार्किङ र अन्य सुविधाहरू पनि रहने विभागबाट जानकारी आएको बताए । अहिले विभागबाटै कन्सल्टेयान्ट नियुक्ति गरेर आवश्यक सर्भे र डिजाइन, इस्टिमेटको काम भइरहेको प्रमुख थपलियाले बताए । 

अमृत अधिकारी`

प्रतिक्रिया दिनुहोस्