Logo

आइकन सफ्ट क्यान इन्फोटेक हेटौंडामा सुरु

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा हेटौंडामा बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ सुरु भएको छ । क्यान महासंघ मकवानपुर जिल्ला शाखाले २०६३ सालदेखि ६ पटक इन्फोटेक अथवा सूचना प्रविधि प्रदर्शनी आयोजना गरिसकेको जनाएको छ ।

यसपटक पनि त्यसैको निरन्तरतासहित बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ को आयोजना गरेको हो । यही चैत ६ गतेसम्म चल्ने यस प्रदर्शनी कार्यक्रममा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी गरिने भएको छ । यस्तै प्रदर्शनीमा पब्जी टिडिएम गेमिङ टुर्नामेन्टसमेत रहेको छ ।

यसका लागि फागुन ३० गते मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिएको थियो । प्रदर्शनीमा विभिन्न विद्यालयहरुले नवीनतम सिर्जनाहरु प्रस्तुत गर्ने छन् । युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, आइटी व्यवसायी, सञ्चारकर्मी लगायतका व्यक्तिले प्रदर्शनीको अवलोकन एवं भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्