Logo

वीरगञ्ज उद्योग वाणिज्य संघ र सिंगापुर चेम्बरबीच सम्झौता

वीरगञ्ज उद्योग वाणिज्य संघ र सिंगापुर च्याम्बर अफ कमर्सबीच द्विराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि सहजीकरण गर्ने सम्झौता गरेको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले मंगलबार सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीसँग भेटघाट गरी विविध विषयमा छलफल गरेका छन् ।
छलफलका क्रममा सिंगापुर उवासंघ र वीरगञ्ज उवासंघले निजी क्षेत्रको व्यापार तथा व्यापारिक गतिविधि प्रबद्र्धन गर्ने, द्विराष्ट्रिय व्यापार प्रबद्र्धनमा दुवै राष्ट्रका निजी क्षेत्रका व्यवसायीलाई सहयोग तथा सहजीकरण गर्ने तथा दुवै संस्थाको दिगो आपसी हित हुने कार्य गर्ने उद्देश्यले एक सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा वीरगञ्ज उवासंघको तर्पmबाट अध्यक्ष डा. सुबोधकुमार गुप्ता तथा सिंगापुर उवासंघका तर्पmबाट अध्यक्ष चिउ बून थोङ्गले हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा दुवै संस्थाले द्विराष्ट्रिय व्यापार व्यवसायसँग सम्बन्धित सूचना आदान प्रदान गर्ने, संयुक्त लगानी तथा साझेदारी व्यापारलाई प्राथमिकतमा दिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्