पुष्प मेलामा १ करोडको कारोबार

ललितपुरको जावलाखेलामा सुरु भएको पुष्प मेलामा १ करोड रुपैयाँको करोबार भएको छ । गत बिहीबारदेखि सुरु भएको मेलाको अन्तिम दिन आइतबार ४७ हजारभन्दा बढीले अवलोकन गरेको र १ करोड २ लाख रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जानकारी दिएको छ ।
फ्यानले लिएको लक्ष्यभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरेको छ भने लिएको लक्ष्यभन्दा बढी करोबार भएको छ । यो मेलालाई ४५ हजार जनाले अवलोकन गर्ने तथा ७५ लाख रुपियाँ बराबरको कारोबार हुने फ्यानको अनुमान थियो । तर लक्ष्य भन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरे भने कारोबार पनि लक्ष्यभन्दा बढी भएको आयोजनको भनाइ छ ।
मेलाको पहिलो दिन २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो भने ८ हजार २ सय जनाले अवलोकन गरेका थिए । चैत ११ गते अर्थात् दोस्रो दिन २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने ११ हजार जनाले अवलोकन गरेका थिए । तेस्रो दिन ३५ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो भने १७ हजार ८०० जनाले अवलोकन गरेका थिए । मेलाको अन्तिम दिन आज १८ लाख ५० हजार रुपैयाँको कारोबार भयो भने १० हजार ५०० जनाले गरेका छन ।
मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण थियो । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकादेखि लिएर गृहणीहरू विशेष रूपमा आएका थिए । मेलामा ५१ वटा विभिन्न स्टलहरू राखेका थिए । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीन हाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामग्री, सूक्ष्म तथा थोपा सिचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरू छन् ।