Logo

लगानी सम्मेलनप्रति उद्योगमन्त्रीको अपनत्व

उद्योगमन्त्री मातृकाप्रसाद यादवले नेपाल लगानी सम्मेलनप्रति आफूसँग जोडेर आएका समाचारलाई ‘काल्पनिक र मनगढन्ते’को संज्ञा दिएका छन् । नेपाल लगानी सम्मेलनको आफू पनि आयोजक भएकाले व्यवस्थापनमा खटिनुपरेको तर त्यसलाई सिट नपाएपछि बाहिर बसेको भनेर अफवाह फैलाइएको उनको टिप्पणी छ । आफैं आयोजक भएर सिट ओगटेर बस्नु उचित नभएको भन्दै उनले उपहार नलिएको विषयलाई पनि एजेन्डा नबनाउन आग्रह गरेका छन् । आफैं आयोजक भएर उपहार लिने चलनसमेत ठिक नभएको भन्दै नलिएको उनको प्रष्टोक्ति छ । विगतमा उद्योग मन्त्रालयको मुख्य पहलमा लगानी सम्मेलन हुने गरेको तर यसपटक प्रधानमन्त्रीकै मुख्य पहलकदमीमा लगानी सम्मेलन भएको भन्दै आफ्नो भूमिका छायाँमा परेको मान्न आफू तयार नरहेको बताए । उद्योगमन्त्रीको विगतमा जस्तै मुख्य कार्यकारी भूमिकाको अपेक्षा भएकालाई मन्त्रीको सक्रिय सदस्यको मात्र भूमिकाले गर्दा प्रश्न उठ्नु धेरै अस्वाभाविक नभएको उनको भनाइ छ । यस्तै, औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७५ सँगको विषयमा केही असहमति भए पनि प्रधानमन्त्रीसँगको छलफल र मन्त्रिपरिषद्को निर्णयअनुसार विधेयक अगाडि बढिसकेकाले थप बहस आवश्यक नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्