शिवम् सिमेन्टको निर्माणकर्मीसँग अन्तरक्रिया

शिवम् सिमेन्टले प्रदेश–२ अन्तर्गत विभिन्न जिल्लाका १२ स्थानमा सम्पन्न निर्माणकर्मीसँग निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रमम आयोजना गरेको छ । १ हजार भन्दा बढी निर्माणकर्मी सहभागी भएको उक्त कार्यक्रममा विभिन्न परामर्श तथा उनीहरुको जोखिम बहन बिमा कार्यक्रम सम्पन्न गरेको छ ।
अन्र्तक्रियामा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो । योसँगै देशका विभिन्न स्थानमा शिवम् सिमेन्टले २५ सय भन्दा बढी निर्माणकर्मीसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीको ५ लाख रुपैयाँबराबरको जोखिम बहन बिमा गरिसकेको छ ।