वाणिज्य व्यवस्थापनका लागि नीति निर्माणसम्बन्धी प्रशिक्षण

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंं.१ ले वाणिज्य व्यवस्थापनका लागि नीति निर्माणसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
नेपाल कृषिबजार विकास कार्यक्रम (सहज)को सहयोगमा सहजका आयोजित कार्यक्रममा सहजका वरिष्ठ प्रबन्धक पदमलाल भण्डारीले प्रदेश–१ का व्यावसायिक प्राथमिकता र त्यसका नीतिगत सवालहरूका विषयमा जानकारी गराएका थिए । उनले प्रदेश–१ मा रहेका उद्योग वाणिज्य संघहरूको विकासमा सघाउ पु¥याई स्थानीयस्तरमा उद्योग वाणिज्य संघले खेल्नुपर्ने भूमिका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने उद्देश्यले आयोजना गरिएको महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्रकुमार खडकाले जानकारी दिए । कार्यक्रममा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एंव कार्यकारी सचिवहरूसहित ४० जनाको सहभागिता रहेको छ । कार्यक्रममा महासंघका उपाध्यक्ष राजेन्द्र राउत र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले प्रदेश–१ मा रहेका उद्योग वाणिज्य संघको विकासका लागि विभिन्न गतिविधिहरू बढाइ स्थानीयस्तरमा उनीहरूलाई क्रियाशील बनाउने काममा लागि परेको बताए । कार्यक्रममा उत्तमप्रसाद झा, पदमलाल भण्डारी र मधुवन श्रेष्ठले सहजीकरण गरेका छन् । महासंंघ प्रदेश–१ मा ३३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरू सदस्य रहेकोमा तीमध्ये २३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरू नेपाल उद्योग वाणिज्य महासंघमा सदस्य छन् ।